७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

खोटाङमा बस दुर्घटना हुँदा सात घाइते

खोटाङ – खोटाङमा बस दुर्घटना हुँदा सात घाईते भएका छन्। दिक्तेलबाट यात्रु लिएर बिराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाँडामा दुर्घटना हुँदा सात यात्रु घाईते भएका हुन्।

घाईते सातै जनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाईतेहरुको नाम खुल्न सकेको छैन। बस दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०७६ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App