६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चियागफले जन्मिएको पुस्तक : कर्णाली संक्षिप्त संस्कृति

जुम्ला – चन्दननाथ नगरपालिका ५ का पुर्णसिंह कठायत चियाका सौखिन व्यक्ति हुन्। उनी एकाविहानै कर्णालीका्े प्रशिद्ध चन्दननाथ भैरवनाथ पछाडीको चिया पसलमा भेटिन्छन्,। चियागफमा उनी यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनितिक बिषयमा गफिन्छन्। सत्यमा आधारित गफ भएकोले सबैले चासोका साथ सुन्छन्।

इतिहासका बारेमा बुझ्ने प्रयत्न गर्छन्।  चियापिउन आउने हरेकले पुर्णसिंहलाइ चियागफमा भएको छलफल पुस्तकमा लिपिवद्ध गर्न सुझाव दिन्छन्।  उनलाई गफमा निस्केका बिषयलाइ पुस्तकमा उतार्न सुझाव दिने एक व्यक्ति हुन्,जयराज भारति। उनी पहिले पेशाले शिक्षक थिए। अहिले राजनितिज्ञ। उनले भने,‘जुम्लाको सबै विषयमा अब्बल देखिएकोले पुस्तक निकाल्न सुझाव दिदै आएको थिएँ। त्यो पनि हस्तलिखितमा। ’ उनका अक्षर निकै सुन्दर छन्। त्यो भन्दा बढी सन्देश दिने शब्द छन्। शब्द भित्र कर्णालीको इतिहास छ, संस्कार र संस्कृति पनि।

फलस्वरुप पुर्णसिंह कठायतले पुस्तक निकाले। त्योे पुस्तकको नाम हो, ‘कर्णालीको संक्षिप्त संस्कृति ’। यो पुस्तक प्रिन्टेड होइन्। आफ्नै हस्तलिखितमा छ। निकै सुन्दर अक्षरमा लिखित यो पुस्तकमा समेटिएका सुन्दर हरफले निकै अध्ययन गर्न उत्साहित गर्छ। पुस्तक भित्र साँस्कृतिक क्षेत्रको इतिहास छ। राजनितिक रुपमा व्याङयात्मक छ। सामाजिक हिसावले गहिरो अध्ययन छ। पुस्तक अध्ययन गर्नेका लागि कर्णालीको इतिहास छ। ‘लेखक पेसागत हिसाबले जोतिष र धामी हुन्।  तर उनी संगै सबै क्षेत्रको विज्ञता छ। पुर्णसिंह भन्छन्,‘चियागफले पुस्तक निकाल्न प्रेरणा मिल्यो। चियागफमा निस्केका कर्णालीका चर्चा छन् यो भित्र। कर्णालीको आर्थिक सामाजिक, सास्कृतिक ज्ञान छ। कर्णालीको साहित्य छ। कर्णालीको सन्देश पनि। ’

दिपावलीका अवसरमा उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्यन्यायधिस रत्नबहादुर वाक्चनले पुस्तक बिमोचन गर्दा पुर्णसिंहको आखाँभरी खुसीका आँशु थिए। लेखक कठायतले भने,‘पहिलो कृति भएकोले अहिलेको संघीयता जस्तै लथालिङ्ग छ। कर्णाली राजमार्ग जस्तै अव्यवस्ति हुन सक्छ। तर अर्को कृति निकै रोचक र झन पठनिय बनाउने हौसला मिलेको छ। ’ यो पुस्तक भित्र नाँचलाइ डान्स,गायनमा पप,पोशाकमा सुट प्वाइन्ट,चौपायमा बंगुर र फलफुलमा अङगुर प्रतिको कडा प््रहार छ। उनले पुर्खाहरुको संस्कार र संस्कृति अंगाल्नको लागि आग्रह गरेका छन्।

मुख्य न्यायधिस वाक्चनले प्रिन्टेड युगमा हस्तलिखित रुपमा निकालिएको यो पुस्तक साहित्य सागरमा निकै जम्ने विश्वास व्यक्त गरे। पहिलो पटक सुन्दर हस्तलिखितमा निस्केको यो पुस्तक प्रतिनिकै प्रभावित छु। एउटा पानाका कुनै केरमेट छैन्। यो हस्तलेखन पुस्तक कर्णालीको ऐना हो। यहाँको रितिथिती र चालचलन प्रतिविम्वित हुन्छ। कर्णालीलाइ विश्वमै चिनाउन यो पुस्तकले महत्वपुर्ण कडिको काम गर्नेमा दुइमत छैन्। मुख्य न्यायधिस वाक्चन भन्छन्‘कर्णालीको कला, साहित्य रचना देखाउने राम्रो पाटो हो। ५० बर्ष पछि यो कर्णालीको अमुल्य निधि नै हो। ’

कर्णाली दर्पणका लेखक पुरिचन्द्र देवकोटा चियापसलबाट निस्केको यो पुस्तकले कर्णालीको इतिहास बोलेको बताउँछन्। यो जुम्लाको इतिहास र धरोहर हो।

उनले भने,‘यो यहाँको वास्तविकतामा आधारित छ। कर्णालीको रहनसहन बोलेको छ। साच्चिकै यो पुस्तक कर्णालीको दर्पण हो।’ कर्णाली लोक संस्कृति,कला, भाषा र सभ्यताको पुञ्ज नै हो।तर अधिकांश लोक संस्कृति बाहिर आउन सकेको छैन्। लेख्नु पर्ने बिषयवस्तु थुप्रै छन्। तर लिपिबद्ध हुन सकेको थिएन्। संस्कृतिविद रमानन्द आचार्य भन्छन्,‘ यो ऐतिहासिक मात्र नभइ प्रविधिको प्रयोगको यो युगमा निकै बैग्लै र नौलो प्रस्तुति हो। यो पुस्तकमा संस्कार र संस्कृतिको सुक्ष्म अनुसन्धान छ।’ भाषिक, शब्द संयोजन र व्याकरणका हिसावले केहि त्रुटि होलान्, तर यो पहिलो प्रयत्न भएकोले पनि निकै राम्रो छ। आगामी दिनमा अझै पुरस्कृत रुपमा अघि बढ्ने मार्ग पनि हो। ’

प्रकाशित: ११ कार्तिक २०७६ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App