७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

किबी कृषक तामाङको दुर्घटनामा मृत्यु

रामेछाप – रामेछाप जिल्लाका सफल कृषि व्यवसायी राङदान तामाङको शनिबार बिहान मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । काठमाडौं आउँदै गर्दा राकाथुममा मोटरसाइकल दुर्घटनामा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

तामाङले दोरम्बा गाउँपालिकास्थित डाँडकटेरीमा सञ्चालित शैलुङ एग्रिकल्चर स्थापना गरी व्यावसायिक किबी खेती गर्दै आएका थिए । व्यावसायिक किबी खेती गर्ने कृषक उद्यमीका रूपमा राष्ट्रपतिबाट सम्मान पाउने कृषकसमेत हुन् । डाँडकटेरीमा तामाङ विगत केही वर्षदेखि किबी, चिया, कटुस आदि जडीबुटी खेती गर्दै आएका थिए ।

प्रकाशित: १० कार्तिक २०७६ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App