४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

राति १० बजेपछि देउसीभैलो निषेध

रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ । नेपालीको महान् चाड तिहारलाई हर्षोल्लास, भव्य, मर्यादित र अनुशासित तरिकाले मनाउनलाई विशेष योजना लागू गरिएको प्रशासनले जनाएको छ ।

रातको समयमा देउसीभैलोको बहानामा उच्छृङ्खल गतिविधि हुनसक्ने भएकाले यस्तो योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसीले बताइन् । साथै रातको समयमा मदिरा सेवन गरी होहल्ला हुने भएकाले तोकिएको समयभन्दा पछि देउसीभैलो खेलिएको थाहा पाइए कारबाही गरिने उनले बताइन् ।

प्रकाशित: १० कार्तिक २०७६ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App