५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उपनिर्वाचनको चहलपहल

खोटाङ – खोटाङका राजनीतिक दललाई उपनिर्वाचनको चटारो सुरु भएको छ । साकेला गाउँपालिका–३ खिदिमाका तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि रिक्त पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादीलगायत पार्टीको दौडधुप सुरु गरेका छन् ।

दलहरू सहमतिमा बलियो उम्मेदवार उठाउनेदेखि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने आन्तरिक रणनीति बनाउन व्यास्त बनेका हुन् । उपनिर्वाचनका लागि नेकपाले स्वर्गीय मणिकुमारकी पत्नी शिवकला राईलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाको वडा र गाउँपालिका कमिटीले शिवकलालाई उम्मेदवार बनाउने निर्णय गरेर अनुमोदनका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको नेकपाका जिल्ला कार्यालय सदस्य कुमार आचार्यले बताए । तल्लो कमिटीबाट सिफारिस भएर आएको उम्मेदवारको नाम जिल्ला कमिटीले अनुमोदन गर्ने नेकपाले जनाएको छ ।

प्रकाशित: ९ कार्तिक २०७६ ०१:३९ शनिबार

उपनिर्वाचन चहलपहल