१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषध सहितपक्राउ परेका युवाहरु । तस्बिरः नागरिक

स्याङ्जा- जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन्। पोखरा महानगरपालिका–७ का २९ वर्षीय महेन्द्र भण्डरी र गोरखा भिमसेन गाउँपालिका–७ का २८ वर्षीय सुरेश थापालाई पक्राउ गरेका हुन्।

उनीहरु पुतलीबजार–१ सिद्दार्थ राजमार्गबाट पक्राउ परेका हुन्। बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग १ ज ७०७४ नम्बरको माइक्रो बसमा सवार भण्डरी र थापा जाँदै थिए। विशेष सुराकीको आधारमा भण्डारी र थापालाई शंकास्पद अवस्थामा भेटिएपछि खोजतलास गर्दा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसी नविनकृष्ण भण्डारी जानकारी दिए। 

उनीहरुको साथबाट लागुऔषध डाईजेपाम ५०, फेनरागन ५०, नोफिन ५० एम्पुल बरामद गरेको भण्डरीले बताए। उनीहरुको जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App