१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

डोटी- जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन्।

वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम चालेको वडाध्यक्ष चन्दले बताए।

उनले भने, 'भत्ता लिन वडावासीलाई समस्या भयो भन्ने खबर पयौँ र मसहित केही कर्मचारीको टोलीले अहिले घरमै गएर भत्ता वितरण गर्न थालेका छौँ।' वडाध्यक्ष चन्दले घरमै आएर वृद्ध तथा एकल महिला भत्ता दिन थालेपछि सो वडाका स्थानीय वृद्धवृद्धा तथा एकल महिला निकै खुशी भएको र वडाध्यक्ष चन्दलाई धन्यवादसमेत दिन थालेको स्थानीयवासी खड्क बोहराले बताए।

उनले भने, 'गाउँमा असहाय जीवन जिउन बाध्य भएका महिला तथा वृद्धवृद्धालाई वडाध्यक्षले घरैमा गएर भत्ता दिन थाल्नुभएको छ, यो आफैँमा राम्रो कार्य हो।' वृद्धवृद्धा तथा एकल महिलालाई घरमै पुगेर रकम वितरण गरिँदा सुरक्षित तथा सही सदुपयोग हुने भएकाले आफूले यस्तो कदम चालेको वडाध्यक्ष चन्दले बताए।

उनले भने, 'सम्बन्धित व्यक्तिको हातमा रकम परे सदुपयोग पनि हुने, सुरक्षित पनि हुने र वृद्धवृद्धालाई दुःख पनि नहुने भएकाले हामीले घरमै पुगेर रकम दिन थालेका छौँ।' रासस

प्रकाशित: ३ कार्तिक २०७६ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App