२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

उपभोक्ता ठग्ने व्यापारीलाई २ लाख जरिवाना

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाले ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई जरिवाना तिराएको छ। अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि २ लाख रकम जरिवाना तिराएको हो।

सन्धिखर्क–२, चुत्रबेसीमा शिवा किराना तथा भण्डारका मालिक कपिलवस्तुका सञ्जय कुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो।

अनुगमन टोलीले उपभोतmलाई ठगेको भेटाएपछि उपभोतmा संरक्षण ऐन २०७५ बमोजिम दुई लाख पाँच सय जरिवाना तिराएको अनुगमन टोलीका संयोजक  जिवनारायण आचार्यले जानकारी दिए। कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर चार सय २५ बोरा चामल बेचेको स्विकार गरेपछि निजलाई दुई लाख पाँच सय जरिवाना तिराएको सन्धिखर्क नगरपालिकाले बताएको छ।

यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता संरक्षण समितिलगायतको टोलीले दसैंको समयमा अनुगमन गरेर बरामद गरेका म्याद गुज्रेका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी र चाउचाउसमेत गरी ३० हजार मुल्य बराबरको समान शुक्रवार नष्ट गरिएको नगर कृषि अधिकृत राजेन्द्र भट्टराईले बताएका छन्। 

प्रकाशित: १ कार्तिक २०७६ १४:१३ शुक्रबार

ठग_व्यापारी उपभाेक्ता जरिवाना