६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नगदसहित जुवाडे पक्राउ

बाँके – नेपाल प्रहरीले  ९८ हजार रूपैयाँ नगद सहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट ९८ हजार २०० नगद रूपैयाँ रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक  शिवबहादुर सिंहले जानकारी दिएका छन्।रासस

प्रकाशित: २३ आश्विन २०७६ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App