४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु

डोटी- जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ ।

अस्पतालमा भएको सामान्य एक्सरे मेशिन पनि बिग्रिएको र बिरामीलाई एक्सरे सेवा लिन कठिन भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले लाखाँै मूल्य पर्ने उक्त डिजिटल एक्सरे  मेशिन डोटी अस्पतालमा पठाएपछि अहिले उक्त मेशिनबाट सेवा दिन थालिएको होे ।

उक्त डिजिटल एक्सरे मेशिनका सम्पूर्ण सरसामान तथा पार्टपुर्जा जडान गरी दैनिक रुपमा सेवा सञ्चालन भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा भूषण मिश्रले बताए। उनले भने, “डिजिटल एक्सरे मेशिन ल्याएर हामीले बिरामीलाई सेवा दिन शुरु गरेका छौँ, उक्त सेवाबाट सबै सन्तुष्ट भएका छन् ।”

सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाभन्दा डोटीमा डिजिटल एक्सरे मेशिन पहिलो पटक आएको हो । जिल्ला अस्पतालमा यसअघि एक्सरे मेशिन बिग्रिएका कारण स्थानीयवासी सामान्य  एक्सरे गर्न दिपायल तथा जिल्ला बाहिर गई महंँगो पैसा खर्च गरेर सेवा लिन बाध्य थिए । अस्पतालमा

डिजिटल एक्सरे मेशिन आएपछि स्थानीयवासी निकै खुशी भएको  त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताए । यस्तै जिल्ला अस्पतालमा एकपछि अर्को सेवा थपिँदै आए पनि अस्पतालमा भने सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ ।  चार  सरकारी चिकित्सकको दरबन्दी रहेको उक्त अस्पतालमा पछिल्लो समय गैह्रसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ ।

अस्पतालमा नवाैँ र दशौँ तहका दुई र मेडिकल अधिकृत दुई गरी चार जनाको दरबन्दी भए पनि एक मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत छन् ।

उनले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् । अस्पतालमा सरकारी चिकित्सक नभएपछि गैह्रसरकारी संस्था निक साइमन इण्टरनेशनलले दुई चिकित्सक एमडिजिबी डा गिरीश अवस्थी र एमबिबिएस डा खुसिद आलम खान खटाएको  छ । दरबन्दि अनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या अस्पताल प्रशासनले जनाएको छ ।

दरबन्दीनुसारका चिकित्सक नभए पनि स्वास्थ्यकर्मी भने दरबन्दीअनुसार नै छन् । त्यस्तै अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अहिलेसम्म १५ शय्या मात्रै स्वीकृत छ ।

प्रकाशित: २१ आश्विन २०७६ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App