४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टरको ठक्करबाट तीन घाइते

खोटाङ– ट्याक्टरको ठक्करबाट खोटाङमा तीन जना घाइते भएका छन्। हलेसीबाट दिक्तेलतर्फ जाँदै गरेको ना ८ ख ७१ नम्बरको ट्रिपरले को १ च ३९८९ नम्बरको भ्यानलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ६५ वर्षीय प्रेमबहादुर दाहाल, २९ वर्षीया मीना श्रेष्ठ र मीना श्रेष्ठ घाइते भएका हुन्।

दिक्तेल–हलेसी सडक खण्डको महुरेमा बुधबार दिउँसो भएको दुर्घटनाका घाइतेमध्ये प्रेमबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

टाउको र अनुहारमा गहिरो चोट लागेका प्रेमबहादुरको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोद खेरवारले बताए। दुर्घटना लगत्तै टिप्पर चालक सन्जिव चौधरी र भ्यान चालक चण्डिका श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ आश्विन २०७६ १४:२९ बुधबार

सवारी_दुर्घटना ट्याक्टर घाइते खोटाङ