२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंमा हुनान सांस्कृतिक कार्यक्रम

काठमाडौं – चीन स्थापनाको ७० औं वार्षिकोत्सवमा चाइना कल्चर सेन्टर काठमाडौंले ‘शानदार हुनान’ सांस्कृतिक प्रस्तुति गरेको छ । आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा चीनको हुनान प्रान्तको कला, संस्कृति, लोकबाजासहितको सांस्कृतिक प्रस्तुति प्रर्दशनी गरिएको थियो ।

हुनान सङ एन्ड डान्स थिएटर कम्पनी लिमिटेड र हुनानपपेट एन्ड स्याडो आर्ट प्रोटेक्सन एन्ड इनहेरिटेन्स सेन्टरका कलाकारहरुले विभिन्न नृत्य, वाद्यवादन, कला तथा खेलकूद प्रदर्शन गरेका थिए । ‘ब्रिलियन्ट डान्स, स्याओस्याङ, ‘ब्लोसम इन द इष्ट’ नृत्य, ‘हुक हुक अम्रेला’ नामकम्याओ जातिको सांस्कृतिक नृत्य, ‘द मुनलाइट फेरी’ पोपेट सो, ‘ह्वाट द पिपा सेज’ र ‘हुआयाओ वुमन’ नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै ‘लभ इन हुनान’ सोलो बाँसुरीबादन, ‘गिभ यु अ रोज’ बाजाको सोलो वादन, ‘जस्मिन फ्लावर’ र ‘हर्स रेस’ नामक चिनियाँ पुरानो वाद्ययन्त्र अर्हुको सोलो वादन प्रस्तुति थियो ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चीनको हुनान प्रान्त प्राचीन कला, संस्कृति र सभ्यतासँगै आधुनिक विकासमा अघि बढेकाले नेपालजस्तो बहुसांस्कृतिक देशले यो पनि अनुशरण गर्न योग्य रहेको बताए ।

नेपालका लागि चिनियाँ राजदूत हौयान्छीले चिनियाँ कलाकार नेपाल आएर र नेपालका कलाकार चीन गएर कला प्रदर्शन गर्दा दुई देशबीच सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान पुगेको बताइन् । सो कार्यक्रमलाई हुनान पर्फर्मिङ आर्ट ग्रुपले आयोजना गरेको हो ।

प्रकाशित: १५ आश्विन २०७६ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App