१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अत्याधुनिक पशु बधशाला निर्माण हुने

विराटनगर -  विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ। निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने कारणले नगरवासीको आवश्यकताले य बधशाला निर्माण गर्न लागिएको बताइएको छ। विराटनगर महानगरपालिका–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा २०६६ सालमा बधशालाको निर्माण शुरु भएपनि निर्माण पूरा हुन सकेको थिएन्।

बधशाला निर्माण गर्न रु २१ करोड लागत लाग्ने र यसका लागि डिपिआर तयार भइसकेकाले दुई वर्षभित्रमा व्यवस्थित बधशाला निर्माण हुने महानगरपालिकाले जनाएको छ। बधशाला निर्माण गर्न प्रदेश सरकारको रु पाँच करोड र विराटनगर महानगरपालिकाको रु पाँच करोड गरी रु १० करोड रकमबाट काम थालिने र पछि स्रोत जुटाउँदै जाने महानगरपालिकाको योजना छ।

नेपालमै नमूना बधशाला निर्माण गर्न हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग एवं सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले जानकारी दिए। बधशाला निर्माण गर्न बोलपत्र आह्वानका लागि महानगरपालिका प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले वर्तमान परिस्थितिलाई सहज बनाउन र विराटनगरमा कुनै पनि बधशाला नभएको कारण उपभोक्ताको स्वास्थ्यमा पर्ने असरलाई निर्मूल पार्न व्यवस्थित बधशाला निर्माण गर्न लागेको बताए।

उनले एउटा सुन्दर शहर निर्माण गर्ने क्रममा पशु बधशालाको निकै आवश्यकता महसुस गरेको भन्दै दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने दाबी गरे।

प्रकाशित: १३ आश्विन २०७६ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App