पाँचथर–जिल्लाले छुने भारतको सिक्खिम र वेष्ट बङ्गालको वन क्षेत्र भारतीय सरकारबाट संरक्षित छ। तरसँगै जोडिएको नेपालतर्फ सरकारी संरक्षणको हुनुको साटो वर्षेनी उजाडीदैगहिरेको अवस्था छ। जिल्लाको सन्दकपुरदेखि तिम्बुपोखरी छेउसम्मको ४५ किलोमिटर लामो सिमा क्षेत्रमाभारतले आफ्नो वन, भुगोल संरक्षित गरेको छ भने नेपालतर्फ भने सरकारी उपस्थीति सुन्य छ।
सुरक्षा निकायको मात्र हैन स्थानीय सरकार, वनलगायतको निकायको समेत उपस्थिति छैन्। भारतले आफ्नो क्षेत्रमा सडक बनाएको छ। दशगजाभित्र पर्ने सडकलगायतका सरचनामात्र छैनन्। सिमा क्षेत्रको संरक्षणका लागि बाक्लो गरी सुरक्षा दस्ता, वनलगायतका सरकारी कार्यालय भेटिन्छन् तर नेपालतर्फ भने सर्वसाधारण नागरिकबाहेक अरु भेटिन्न।
भारततर्फको वनमा रुख काट्न, जरिवुट्टि टिप्न पूर्ण रुपमा प्रतिबन्ध छ। तर नेपालतर्फ कुनै रोकतोक छैन्। भारतले वन सरक्षण गरेर हरियाली फैलाउँदै लगेको छ। तर नेपालतर्फ हेर्ने हो भने भएको वन जंगल घट्ने क्रममा देखिन्छ।
४५ किलोमिटर सिमा क्षेत्र हेर्दा विरक्तलाग्दो देखिन्छ। सिमा क्षेत्रसँग राष्ट्रिय भावना गाँसिए पनि सरकारी उपस्थिति शुन्य छ। भारततर्फ बनाईएको सडकले नेपाली भुभागलाई ठाँउ ठाँउमा क्षती पु¥याएको देखिन्छ। तर नेपालीहरुले त्यहि सडक प्रयोग गुर्नु पर्ने बाध्यता देखिन्छ। नेपालतर्फ निर्वाद रुपमा भारतीय गाडीहरु कुद्छन्।
सडकसँगै वर्खाको भलसमेत नेपालतर्फ लगाई दिदा ठाँउठाँउमा सानो सानो पहिरो गएको देखिन्छ। खुल्ला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरी निकासी समेत मौलाउँदै गएको देखिन्छ।
भारतको सिक्खिममा कञ्चनजंगा नेशनलपार्क र वेष्ट बङ्गालमा सिंहलिला नेशनल पार्कको रुपमा संरक्षित छ। सिमा क्षेत्रका वन कार्यालय पर्याप्त भेटिन्छन्। विभिन्न संकेत चिन्हदेखि सार्वजनिक सूचना पाटीहरु भारतले राखेको छ। तर एउटा पनि बोर्ड नेपालको देखिदैन्। स्थानीय सरकारको चासो पनि पुगेको देखिदैन्। सिमा स्तम्भहरु जोखिममा परेका छन् भने वन वातावरण संरक्षणमा गैरसरकारी संस्थाबाहेकको उपस्थिति छैन्।
‘सिमा सुरक्षाकालागि सुरक्षाकर्मीको उपस्थिति छैन्। उच्च पहाडी क्षेत्रमा पर्ने हुँदा भुगोल पनि जटिल छ। अन्य सरकारी निकाय नहुँदा हामि गोठपालक किसानहरुनै सिमाको रेखदेख गर्छाै। कहिले हाम्रै भुमिमा पोखरी बनाउन खोज्छन् रोक्छौं, बाढी हाल्दिछन्। समस्याहरु छन् फालोटमा गोठ सञ्चालन गरेर बस्ने चन्द्रलाल नेपाल भन्छन् ‘गोठालाहरु सिभिल सुरुक्षा गार्डको रुपमा रहेका छौं। भारतको बाटो भएर समानाहरु ल्याउनु पर्दा केहि समस्या हुने गर्छ। सरकारी उपस्थिति भएको भए हामिलाई ढुक्क हुने थियो।’
यो क्षेत्र जैविक विविधताले भरीपूर्ण रहेको छ। लेकाली जरिवुट्टि र लोपउन्मुख वन्यजन्तू पाइन्छ। तर यसको संरक्षणमा ध्यान दिएको देखिदैन्। छिमेकमै भारतको हेर्नेहो भने वन क्षेत्र सरक्षित छ। भारततर्फ वन्यजन्तु वनस्पती टिप्न, छुन पनि पाइँदैन्। हरेक ६ किलोमिटरमा भारतीय सिमा सुरक्षावल (एसएसवि)को क्याम्प छ। वनका कार्यालयहरु पनि रहेका छन्।
यो क्षेत्र प्राकृतिक रुपमा सुन्दर छ। पर्यटकहरु बाक्लोगरी आउँछन्। नेपाली भुमिमा रमाउने पर्यटकहरु भारततर्फ रहेका होटलमा बस्छन् तर नेपालतर्फ त्यस्तो सरचना छैन्। नेपाली भुमिबाट भारतीयहरुले नै आम्दानी गरेको देख्न पाईन्छ। जिल्लाको याङवरक र फालेलुङ गाँउपालिकामा सिमा क्षेत्र पर्छ।
सिमा जोडिएका जिल्लाका विभिन्न ठाँउमा सुरक्षा उपस्थिति नहुँदा स्थानीयले सास्ती भोग्नु परिरहेको छ भने लेकाली क्षेत्रमा महत्वपूर्ण वनस्पती भारतीयहरुले सहजै उपभोग गरिरहेका छन्। भारततर्फ सिमाना सुरक्षा उपस्थिति भए पनि सिमा क्षेत्रमा आड भरोसाका लागि नेपाली सुरक्षाकर्मीको उपस्थिति शुन्य छ।
उच्च पहाडी क्षेत्रमा पर्ने सिमा क्षेत्रमा मानवीय गतिविधि पर्याप्त हुने भएपनि न सुरक्षाकर्मीको उपस्थिति छ न वनलगायतका सरकारी कार्यालयहरु। यहिको फाईदा लिँदै नेपाली भुभाग भारतीयहरुले सहजै उपभोग गर्छन्। भारतीय गाडीहरु गाँउगाँउ आईपुग्छन् भने यहाँको प्राकृतिक स्रोत साधनको उपभोग र व्यापारसमेत हुने गरेको छ। यसपाली भारतको बाटो भएर नेपालको भुभागका लागि निर्माण सामाग्री लैजानका लागि एसएसविले रोक लगाउने गरेका छ।
सिमा क्षेत्रदेखि नेपालतर्फको प्रहरी चौकि निक्कै टाढा पर्छ। च्याङ्थापुमा रहेको सिमा प्रशासन कार्यालयबाट सिमा क्षेत्र पुग्न एक दिन लाग्छ। केहि भइहाल्यो भने तत्काल सुरक्षाकर्मी पुग्ने सम्भावना कम छ। त्यस्तो वनलगायतका सरकारी कार्यालयको उपस्थिति पनि छैन्। चारराते मात्र हैन जिल्लामा रहेको नेपाल भारतको सिमाना ४५ दशमलव १६९ किलोमिटर क्षेत्रमानै यस प्रकारको समस्या रहेको छ।
भारतसँग जोडिएको सिमा क्षेत्र सरकारी निगरानी विहिन अवस्थामा छ। सिमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति विरलैमात्र भेटिन्छ। खुल्ला सिमानाका कारण नेपालको भुगोल, स्रोत सधान सहजै रुपमा भारतीयहरुले उपभोग गर्छन्।
‘नेपालतर्फ सरकारी अड्डा, प्रहरी प्रशासन भईदिएको भए आड भरोस हुन्थ्यो। सिमाना छेउछाउमा त हामि गोठालाहरु मात्र छौँ’ नेपाली टारका थर्कप्रसाद गुरुङ भन्छन् ‘उतातिर त सरकारी निकायले चुई गर्न दिदैन्।’
गाँउपालिकाले सिमा क्षेत्रबारे खासै काम गर्न सकेको छैन्। बोर्डसमेत नराखेको स्थानीय गुनासो छ। नेपालमा सरकारी संरचना नहुँदा सिमाना आउने पर्यटकलाई नेपालतर्फ भित्र्याउन नसकिएको नेपाल बताउँछन्।
मेमेङमा रहेको प्रहरी चौकिलाई सिमानामा पुग्न एक दिन लाग्छ। याङवरकको च्याङ्थापुमा सिमा प्रशासन कार्यालय छ तर पुग्न एक दिन लाग्छ। प्राङबुङमा रहेको प्रहरी चौकिबाट पुग्न पनि एक दिननै लाग्ने अवस्था छ। खुल्ला सिमाना कारण अपराधी भाग्न सक्ने खतरा पनि उत्तिकै छ। नेपालतर्फको भुभाग पुग्नलाई पनि भारतीय बाटो प्रयोग गर्नु पर्ने अवस्था छ।
सिमानामा बेला बेला सुरक्षाकर्मी जाने गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती दाबी गर्छन्। बेलाबेला पेट्रोलिङ हुने गरेका उनको भनाई छ। तर सिमा क्षेत्रका बासिन्दा सुरक्षा उपस्थिति नभएको गुनासो पोख्छन्। भारतीयहरुले निर्वाध नेपाली भुमिको उपभोग गर्छन्। नेपालीलाई भने बेलाबेला भारतीय सुरक्षकर्मीले चेक जाँच तथा अनावश्यक खानतलासि गरेको बताईन्छ। सिमानमा शसस्त्र प्रहरीको बेस क्याम्प राख्ने कुरा कार्यान्वय हुन सकेको छैन्। चिवाभञ्याङबाट केहि किलोमिटर टाढा बेसक्याम्प राख्न जग्गा हेरिएको छ। तर दुई वर्ष बित्न लाग्दा पनि कार्यान्वयन भएको छैन्। ‘बस्ने ठाँउ हेरेका छौँ। गाउँपालिकाले भवन र पानीको व्यवस्था गर्दिने भने पनि गरेको छैन्। प्रदेशसँग कुरा गर्दै छौँ। भौतिक संरचना नहुँदा लैजान सकिएन’ प्रमुख जिल्ला अधिकारी वस्तीले भने ‘हामी पहल गर्दैछौँ।’
यहाँ पाईने बहमूल्य जरिवट्टि, महत्पूर्ण वन्यजन्तू भेटिन कठिन बन्दै गएको छ। स्थानीय रमेश राईले भने ‘सिमा क्षेत्रमा सरकारी उपस्थिति छैन्। घुम्न आउनेहरुको भिड लाग्छ। व्यवस्थित गर्ने निकाय छैन्। नेपाल ीभुमि गोठालाको भरमा छ।’
भारतीयहरुले सहजै नेपाली भुमिका प्राकृतिक स्रोत साधन उपभोग गर्छन्। सतुवा ,विख, विख्मा, पाखनवेद, पाँचऔले, टुड्की, टिमुर, जट्टामसि, लोठसल्ला, वन लसुन ,केन्जो, चिम्फिङलगायतका जरिवुट्टि जोखिममा पर्न थालेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दुई वर्ष अगाडी तीन चरण गरेर सिमा क्षेत्रको अवलोकन गर्दा १६ सिमा स्तम्भ हराएको पाएको थियो। अवलोकन गर्दा १ सय १३ मध्ये ९७ वटा मात्र सिमा स्तम्भ पाइएको सार्वजनिक गरेको थियो। हराएका १६ सिमा स्तम्भमध्ये ४ वटाको मात्र डोब भेटिएको छ। बाँकि १२ वटाको नामनिशाना केहि पनि नभेटिएको प्रहरीले जानकारी दिएको थियो। ठाँउठाँउमा सिमा स्तम्भहरु भत्किएको भेटिन्छन्।
भारतले सिमा क्षेत्र आसपासमाहोटल लगायतका विभिन्न संरचना बनाएको छ। स्थानीय तहले बनाउने भनिएका गेष्ट हाउस पनि केवल बनाउनका लागि बनाए जस्तामात्र देखिदैछन्। सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नियमिति निरिक्षण गर्छन्। वनले पनि निरक्षण गर्छ। तर नेपालतर्फ भने सरकारी उपस्थिति विरलै भेटिन्छ।
नेपालतर्फको सिमा क्षेत्र पुग्नलाई पनि भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। नेपालतर्फ रमणिय क्षेत्र भएपनि यो क्षेत्रको संरक्षण हुन सकेको छैन्।
प्रकाशित: १२ आश्विन २०७६ १०:०३ आइतबार