४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करबाट एकको मृत्यु

लमही- दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज साँझ ५ बजेको समयमा घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक घोराही–१५ निवासी १७ वर्षीय प्रदीप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।     

मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १६ वर्षीय सन्तोष चौधरी भने गम्भीर घाइते भएको र उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले बताए। रासस

प्रकाशित: ११ आश्विन २०७६ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App