१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नगरकोटमा 'चङ्गा चैट', क्यान्सर केयर रिसर्च सेन्टर प्रथम

काठमाडौँ – क्यान्सर केयर रिसर्च सेन्टर ‘रिपब्लिका चङ्गा चैट’ को विजेता बन्न सफल भएको छ। नेपाल रिपब्लिक मिडियाले दसैं र तिहारको अवसरमा शनिबार भक्तपुरको नगरकोटमा आयोजना गरेको चङ्गा उडाउने प्रतियोगितामा केयर रिसर्च सेन्टरले प्रथम स्थान हासिल गरेको हो।

सरोज बस्नेत र काजल खड्काले रिसर्च सेन्टरकोतर्फबाट प्रतियोगितामा भाग लिएका थिए।  त्यस्तै सन एण्ड फन प्रतियोगितामा दोस्रो भएको छ भने खेम्पेलुङ एड्भेन्चर तेस्रो भएको छ। सन एण्ड फनकोतर्फबाट तुसार पन्त र आलोक न्यौपानले भाग लिएका थिए भने अमित पाठकले खेम्पेलुङकोतर्फबाट सहभागिता जनाएका थिए।

प्रतियोगितामा क्लब हिमालय र नेपाल रिपब्लिक मिडियाबीच मैत्रीपूर्ण प्रतिष्प्रधा समेत भएको थियो। जसमा क्लब हिमालयले रिपब्लिक मिडियालाई पराजित ग-याे।

रिपब्लिक मिडयाका निर्देशक शोभा ज्ञवाली र क्लब हिमालयका सेल्स निर्देशक प्रमिता शाक्यले विजयीलाई संयुक्तरुपमा पुरस्कार वितरण गरे। प्रतियोगितामा १४ वटा टिमको सहभागिता थियो।

चङ्गा उडाउने प्रतियोगितामा प्रदेश ३ की प्रमुख अनुराधा कोइराला, राजनीतिज्ञ, कलाकार र खेलाडी लगायतको उपस्थिति थियो।  

कार्यक्रमकाे उद्घाटन शत्रमा प्रदेश प्रमुख कोइरालाले सबै बालबालिकाहरुले शिक्षा पाउनुपर्ने बताइन्। उनले भनिन्,‘चेलीबेटी बेचविखन रोक्न अझै शसक्त रुपमा लाग्नु पर्ने अवस्था आएको छ।’ उनले बालबालिकालाई सबै जनाले आ–आफ्नो छोरा छोरीको रुपमा हेर्न आग्रह समेत गरिन्। उनले भनिन्,‘बालबालिकालाई मायाको दृष्टिकोणले हेर्नुपर्छ।’

त्यस्तै कार्यक्रमा नेपाल रिपब्लिक मिडियाकी सिईओ समृद्धि ज्ञवालीले नेपालीहरु आफ्नो संस्कृति जर्गेना गर्नेतर्फ लाग्नु पर्ने बताइन्।

प्रतियोगिताको समापनमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले प्रतियोगिताले दसैं सुरु भएको झल्को दिएको धारणा राखे।

प्रकाशित: ११ आश्विन २०७६ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App