१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ऐतिहासिक स्थलबाट ढुंगा झिक्ने तीन पक्राउ

खोटाङ – खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने तुवाचुङ–जायाजुमडाँडाबाट अवैध रूपमा ढुंगा निकालिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ स्थानीय धनबहादुर विक, चक्र विक र हिरे विक रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। ‘ढुंगा निकाली रहेको भन्ने जानकारीका आधारमा तीन जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘कसको संलग्नता छ, कसको आदेशमा ढुंगा निकालिएको भनेर बुझ्ने काम भइरहेको छ।’

मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्नेक्रममा सडक फराकिलो बनाउँदा भित्ता क्रमशः पहिरोको रुपमा झर्न थालेको अवस्थामा सोही स्थानबाट समन्वय नगरी ढुंगा निकालेका कारण कामदारलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

अवैध रूपमा ढुंगा फोडिरहेको जानकारी आएपछि तीन कामदारलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। मध्यपहाडी लोकमार्गको भित्ता क्रमशः खस्दा किराती सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ जायाजुम पहिरोको जोखिममा पर्दै गएको छ।

प्रकाशित: ११ आश्विन २०७६ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App