४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वैदेशिक रोजगार ठगी मुद्दामा जेल चलान

काठमाडौँ- नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार व्यक्तिलाई जेल चलान गरिएको छ।

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार मुद्दामा ठगी गर्ने काठमाडौँ महानगरपालिका–१० बस्ने ४६ वर्षीय विमला थापालाई आइतबार बानेश्वरबाट पक्राउ गरी आज जेल चलान गरेको हो।    

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वैदेशिक न्यायाधीकरणको २०७४ असार २६ को फैसला अनुसार एक लाख ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष छ महिना कैद सजाय सुनाइएका थापालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकी थापालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ। रासस

प्रकाशित: ६ आश्विन २०७६ १३:०८ सोमबार

वैदेशिक रोजगार ठगी जेल