२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पशुपति मन्दिर परिसरमा शंकास्पद बस्तु, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

फाइल तस्बिर

काठमाडौं - पशुपति मन्दिर परिसरभित्रै शंकास्पद बस्तु फेला परेको छ। मन्दिरको सत्तलमा शंकास्पद बस्तु भेटिएको महानगरिय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले पुष्टि गरे।

'शंकास्पद बस्तु फेला परेकाे जानकारी आएको छ।' नागरिकसँग उनले भने, ‘नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।' शंकास्पद बस्तु बम हुनसक्नेभन्दै आसपासमा मानिसहरु भने त्रसित बनेका छन्। तर एसपी सुवेदीले भने उक्त बस्तु बमनै भएको पुष्टि नभएको बताए।

प्रकाशित: ३ आश्विन २०७६ १२:०० शुक्रबार

शंकास्पद_बस्तु पशुपति_मन्दिर