१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कालोपत्रे माग्दै चक्काजाम

स्थानीयको चक्काजामका कारण पूर्व–पश्चिम राजमार्गमा लामवद्ध सवारी साधन। तस्बिर: टंक/नागरिक

सर्लाही - महिनौंअघि भत्किएको पूर्व–पश्चिम राजमार्गअन्तरगतको नयाँरोड खण्ड कालोपत्रे नगरिएकोभन्दै आक्रोसित स्थानीयले विरोध स्वरुप चक्काजाम गरेका छन्। चौबिसै घण्टा व्यस्त रहने पूर्वपश्चिम राजमार्ग अन्तरगत हरिवन नगरपालिस्थित नयाँरोडबासीले कालोपत्रे नगरेकोभन्दै बिहीबार बिहान चक्काजाम गरेको हुन्।

पूर्व—पश्चिम राजमार्गमा ठूल्ठूला खाल्डा भएको महिनौं वितिसक्दा समेत सम्बन्धित निकायले कालोपत्रे गर्न चासो नदेखाएकोभन्दैे विरोधस्वरुप चक्काजाम गरिएको स्थानीय रामहरी प्रसाईंले बताए। ‘घाम लाग्दा सवारी साधनले उडाउने धुलोले हैरान छौं’, नयाँरोड बजारस्थित पूर्व–पश्चिम राजमार्ग किनारमै किराना पसल राखेका पर्साइँले गुनासो गरे, ‘पानी परेपछि राजमार्गले पोखरीजस्तै बन्छ।’

पानी परेको बेला खाडल नदेखिने भएकाले दैनिक आधा दर्जनजसो मोटरसाइकल दुर्घटनामा पर्ने गरेको प्रसाईंले बताए। ‘पानी परेको बेलासमथत देखिने भएकाले राजमार्गमा तिव्रगतीमा दौडिएका मोटरसाइकल खाडलमा फसेर दुर्घटनामा परिरहेका छन्’, प्रसाईले भने, ‘स्थानी भन्दा पनि पूर्व वा पश्चिम टाढाबाट आउने मोटरसाइकल यात्रु प्रायजसो दुर्घटनामा पर्ने गरेका छन्।’

सडकको दुरावस्था देखेर यात्रुहरुले समेत चक्काजामको स्वागत गरेको उनले बताए। बिहिबार बिहान पहिलो दिन आधाघण्टा मात्र चक्काजाम गरिएको र अब सडक मर्मत संभार नहुञ्जेल दैनिक आधाघण्टाको दरले बढाउँदै चक्काजाम गरिने प्रसाईंले चेतावनी दिए। पूर्व–पश्चिम राजमार्गका अन्य स्थानमा भएका स–साना खाल्डाखुल्डी केही महिनाअघि मर्मत संभार गरिएपनि ठूल्ठूला खाडल भएको नयाँरोड बजारस्थित झण्डै १०० मिटर क्षेत्र भने मर्मत संभार गरिएकोे छैन।

खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारी साधन दुर्घटनामा पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। खाल्डाखुल्डीका कारण रातको समयमा झन् बढी दुर्घटनाको जोखिम हुने ट्राफिक प्रहरीको भनाइ छ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले भने कालोपत्रेका लागि टेण्डरको सूचना आजै प्रकाशित गरिसकिएको र केही समयपछि ठेकेदारमार्फत कालोपत्रे गरिने बताए। ‘स्थानीयले पनि पानीहरु ल्याएर त्यही राजमार्गमा ल्याएर फालिदिन्छन्, जसले गर्दा त्यहाँको कालोपत्रे अन्य स्थानमा भन्दा चाँडो भत्किने गरेको छ’, उनले भने, ‘यसपाली असार अन्तिम साता र हाल परिरहेको अविरल वर्षाले पनि थप क्षति पुगिरहेको छ।’

कालोपत्रे गर्नकालागि ठेक्कैमार्फत जानु पर्ने भएकाले साउनमा ग्राभेल हुरेर तत्कालका लागि खाडल पुरिएको दारोगा प्रसादले बताए। ‘कालोपत्रे गर्नका लागि ठेक्कामार्फत नै जानुपर्ने हुन्छ, त्यसैले आजै सूचना प्रकाशित गरिसकेका छौं’, उनले नागरिसँग भने, ‘अब केही दिनपछि नै ठेक्का सम्झौता गरेर कालोपत्रे सम्पन्न गर्नेछौं।’

प्रकाशित: २ आश्विन २०७६ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App