१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आन्टीका कारण बुबाको हत्या : मृतककी छोरी

भैरहवा - आइतबार रूपन्देहीमा भएको हत्यामा सामेल व्यक्तिहरूको तस्बिर सिसी क्यामरामा कैद भएकोृदय थापाले बताएका छन्। मोटरसाइकलमा सवार गोली प्रहार गर्ने युवाहरूको तस्बिर नेपाल प्रहरीले प्राप्त गरेको छ, तस्बिरलाई सबै कोणबाट अनुसन्धान भइरहेको छ, हत्या गर्नेहरू छिटै पक्राउ पर्छन्,’ थापाले भने।

फुटेजअनुसार दुई युवाहरू मोटरसाइकलमा सवार छन्, जसमध्ये मोटरसाइकल चलाउने युवाले सेतो टिर्सट, नीलो जिन्स पाइन्ट र कालो हेलमेट लगाएको छ भने पछाडि बस्ने युवाले खैरो रङको चेक फुल सर्ट, निलो जिन्स पाइन्ट र सेतो जुत्ता लगाएका छन्। यो घटनामा गोलीपछाडि बस्ने युवाले चलाएको हुन सक्ने देखिएको छ। रोहिणी खोलानजिक गोली प्रहार गरेर ती युवाहरू भैरहवातर्फ मोटरसाइकल मोडी फरार भएका छन्।

एसपी थापा सरुवा भएर अन्यत्र गएपछि रूपन्देही प्रहरी प्रमुखमा सोमबारबाट नयाँ एसपी हेमबहादुर थापा आएका छन् भने एक साताअघि मात्र डिएसपी वीरेन्द्रबहादुर शाही आएकाले घटनाबारे पुलिस–प्रशासनले मिडियामा केही बोल्न मानेका छैनन्। ओमसतिया गाउँपालिका–५ पट्खौलीका महेन्द्र कुर्मी (चौधरी) भैरहवास्थित हिमालय बैंकबाट पाँच लाख रूपैयाँ निकालेर लु९प ८२३५ नम्बरको मोटरसाइकलमा पत्नी र आठ महिनाको दूधे–बालक छोरासहित घर फर्किने क्रममा बैकुन्ठपुरमा गोली हानिएको थियो।

भैरहवादेखि पछ्याउँदै अर्को मोटरसाइकलमा आएका युवाले कुर्मीलाई मोटरसाइकलबाट लडाएर गोली हानेका थिए। मोटरसाइकलबाट लडेका कुर्मी जुरुक्क उठेर ज्यान र पैसा जोगाउन नजिकैको घरतर्फ जाँदै गर्दा लुटेराहरूले गोली हानी पैसा र उनीसँग भएको नागरिकता, चेकबुकलगायत सामान भएको झोला खोसेर भागेको मृतककी १६ वर्षीया छोरी सोनम चौधरीले बताइन्।

कक्षा १० पढ्दै गरेकी सोनमका अनुसार उनका बुबाको हत्या उनकै आन्टी (काकी) मालती चौधरीको योजनामा भएको हो। ‘मेरा अंकल (काका) धर्मेन्द्र चौधरीको २०७४ साल कात्तिकमा मृत्यु भयो। के कारणले मृत्यु भन्ने अहिलेसम्म खुलेको छैन। अंकलको मृत्युपछि अन्टी घरमा बस्न छाड्नुभयो,’ सोनमले भनिन्, ‘उहाँले माइतमा बसेर, विभिन्न मान्छे लगाएर हमीलाई धम्काउने गर्नुहुन्थ्यो। उहाँले नै बुबाको हत्या गर्न लगाउनुभयो।’

एउटा छोराको मृत्युको घटनाको पुष्टि हुन नपाउँदै अर्को छोराको गोली हानी हत्या भएपछि बाबु कृष्णलाल चौधरी विक्षिप्त भएका छन्। उनले छोराको हत्याको खबर सुनेयता अहिले गाउँमा के भइरहेको छ, केही मेसो पाएका छैनन्। उनमा पीडाको कुनै सीमा छैन। छोरा महेन्द्रको काज किरिया उनलै गरिरहेका छन्।

मृतक महेन्द्रका घरमा दुई छोरी, एक छोरा, पत्नी र बुबा–आमा छन्। भाइ धर्मेन्द्रको दुई वर्षअघि मृत्यु भएको थियो। बुहारी र भाइका छोराछोरी अधिकांश समय माइतीमा बस्दै आएको परिवारले जनाएको छ। घरमा नबस्ने तर माइतमा बसेर अनेक दुःख दिने गरेको परिवारको आरोप छ। जेठाजुको हत्या भएको २४ घण्टासम्म पनि भाइबुहारी मालती चौधरी घर नआएको परिवारले जनाएको छ।
यता प्रहरीले भने घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको बताएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको र केही दिनमै अपराधी पक्राउ गर्ने जनाएको छ। गोली कसले र किन चलाएको भन्ने विषय खुलेको छैन। घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली गठन गरेको रूपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। स्थानीयका अनुसार कुर्मी वैदशिक रोजगारबाट गाउँ फर्किएपछि विगत पाँच वर्षदेखि मिटर ब्याजमा पैसा लगाउने काम पनि गर्दै आएका थिए।

प्रकाशित: ३१ भाद्र २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App