१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सवा दुईलाख रकमसहित पाँच जुवाडे पक्राउ

सिरहा– सिरहाको सुखिपुर नगरपालिका ८ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जुवातास लक्षित अभियानअन्तर्गत सुखिपुर बजरमै सञ्चालित विकास होटल एन्ड कोल्ड सेन्टरबाट आइतबार राती पाँचजनालाई जुवातास, नगदसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। 

विशेष सूचना पछ्याउँदै होटल पुगेको प्रहरीले जुवातास खेल्दै गरेका सोही ठाउँका ४० वर्षिय रञ्जीत साह, ४२ वर्षिय होटल सञ्चालक नागेश्वर चौधरी, ४५ वर्षिय रामप्रीत साह, ४० वर्षिय रामकिसुन महतो र ४१ वर्षिय रामविलास पुर्वेलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ। 

जुवातास खालबाट रामविलास पुर्वे र रामप्रीत साहको ३० हजार ४ सय ५५ रुपैयाँ, रामकिसुन महतोको १४ हजार रुपैयाँ, रञ्जीत साहको ४५ हजार २ सय ७० र नागेश्वर चौधरीको १ लाख ३१ हजार ७ सय २० रुपैयाँ गरि कूल २ लाख २१ हजार ४ सय ३५ रुपैयाँ र तीन बुक ताससहित पाँचै जनालाई पक्राउ गरि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

‘चाडपर्व नजिकिएसँगै जुवातास खेल्ने र खेलाउनेमाथि विशेष निगरानी राखेर कारवाहीको प्रक्रिया अघि बढाएका छौं’, एसपी चतुर्वेदीले भने। चाडपर्व नजीकिएसँगै प्रहरी निगरानी व्यापक भएसँगै रातको समयमा लुकिछिपी जुवातास खेल्ने समेत प्रहरीको फन्दामा पर्न थालेका छन्। 

पक्राउ परेका पाँचै जनामाथि जुवा ऐन अन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। फौजदारी संहिता ०७४ मा व्यवस्था भएको जुवा सम्बन्धी ऐनले तीन महिना कैद वा ३० हजार जरिवाना वा दुवै सजाय व्यवस्था गरेको छ। जुवा सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था छ। 

प्रकाशित: ३० भाद्र २०७६ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App