२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही - सर्लाहीमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। बागमति नगरपालिका ८ गिरिटोलमा बा ३१ प ६८०२ नम्बर मोटरसाइकलले राति साँढे ११ बजे ठक्कर दिँदा वागमती नपा ४ निवासी ५० वर्षीय ईन्द्र बहादुर कुशवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भिर घाइते कुशवारको एडभांस संजिवनी अस्पताल बरहथवामा उपचार हुँदाहुँदै राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय सोल्टीबजारमा लागेको ईन्द्रजात्रा मेला हेर्न पैदल हिँडेका  कुशवारलाई मोटरसाईकलले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन्। मोटरसाइकल नियन्त्रणमा रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७६ ०५:११ आइतबार

पैदलयात्री मृत्यु