७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ओलालाई गल्फ उपाधि

काठमाडौं – ओला डोङ्सटेटसाङले शनिबार गोकर्ण गल्फ क्लबमा पेप्सी ओपन गल्फको उपाधि जितेका छन्।

एकदिने प्रतियोगितामा १० ह्यान्डिक्यापका साथ खेलेका ओलाले ३९ स्टेबलफर्ड स्कोरसहित उपाधि जितेका हुन्। दोस्रो भएका दावा शेर्पाले ३८ स्कोर बटुलेका थिए।

नवराज थापाले ग्रसतर्फ सफलता प्राप्त गर्दा ३२ स्कोर बटुल्न सफल भए। राज प्रधानले पनि समान स्कोर बटुले पनि नवराजले अन्तिम ६ होलको नतिजाका आधारमा सफलता प्राप्त गरे।

अन्तिम ६ होलमा नवराजले १० स्कोर बटुल्दा राज ८ स्कोर मात्र बनाउन सफल भएका थिए। यी दुईबीच दुवै नाइनमा स्कोर बराबरी भएपछि नतिजाका लागि अन्तिम ६ होलको प्रदर्शन हेरिएको थियो।

जुनियर (१७ वर्ष र सोभन्दा मुनि) तर्पm पाँच ह्यान्डिक्यापका साथ खेलेका सद्भाव आचार्यले ३९ स्कोर बटुल्दा सफलता प्राप्त गरे। सिनियर (६० वर्ष र सो भन्दामाथि) तर्पm दमनबहादुर घले ३२ स्कोर बटुल्दै च्याम्पिन भए।

महिलातर्फ च्याम्पियन भएकी कस्मिरा शाहले २५ स्कोर बटुलिन्। प्रतियोगितामा टासी दोङले लङ्गेस्ट ड्राइभ, रवीन्द्र तिवारीले क्लोजेस्ट टु द पिन र राज प्रधानले मस्ट बर्डिजको ट्रफी प्राप्त गरे।

स्टेबलफर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटमा सम्पन्न प्रतियोगिताको विजेतालाई गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र वरुण बेभरेज (नेपाल) प्रालिका मार्केटिङ म्यानेजर प्रदीपकुमार राणालगायतले पुरस्कृत गरेका थिए।                                    

प्रकाशित: २९ भाद्र २०७६ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App