२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

साँफे-मार्तडी राजमार्ग सडक अवरुद्ध

मार्तडी- जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग सडक खण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ।

शुक्रबार राति आएको अविरल वर्षाका कारण आएको पहिराले शनिबार बिहान जेसिवी प्रयोग गरी सडक सुचारु भएपनि मध्यान्ह पुनः २० मिटर लामो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।     

उनका अनुसार अम्कोटमा बिहान आएको पहिरो पन्छ्याएको भएपनि एकैचोटी ठूलो पहिरो आएकाले जेसिवीले सम्भव नभएको निमित्त प्रहरी प्रमुख ढुङ्गानाको भनाइ छ। सडकको माथिबाट लगातार पहिरो खस्ने कार्य नरोकिएकाले आजै सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए।

उनले पानीको अवस्था र पहिरो खस्ने कार्य रोकिएपछि मात्र आइतबार सडक मर्मत गरी पुनः सञ्चालन हुने प्रजिअ न्यौपानेले बताए।     

सडकमा पटकपटक पहिरो जान थालेपछि यहाँका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ। सडक अवरुद्ध भएको बाहना देखाउँदै यातायात व्यवसायीले चर्को भाडा असुल्ने भएको बताइएको छ।

यस राजमार्गमा सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधन समेत सञ्चालनमा अवरोध पुगेको यातायात व्यवसायी पृथ्वी रावलले बताए।रासस

प्रकाशित: २८ भाद्र २०७६ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App