१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घरेलु हिंसाका घटना बढ्दो

सिञ्जा- जुम्ला जिल्लामा आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ भदौसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा बढी घरेलु हिंसा रहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको दुई वर्ष दुई महीनाको तथ्याङ्कमा १ सय ८२ वटा घरलु हिंसाका मुद्दा दर्ता भएको पाइएको हो। यसमा आव २०७४/७५ मा ९६ वटा र आव २०७५/७६ भदौसम्ममा ८६ रहेको छ।     

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा गत आर्थिक वर्षमा बहुविवाह विरुद्ध १० उजुरी परेको उल्लेख छ। दुई वर्ष अवधिमा जुम्लामा बालविवाहका दुई मात्र मुद्दा दर्ता भएका छन्।     

प्रतिवेदनका अनुसार गत वर्ष पाँचवटा चोरीमा संलग्न समूह पक्राउ गरिएको थियो। पाँचवटा जुवाखालबाट ३१ जनालाई नियन्त्रणमा लिएर तीन लाख ५५ हजार ७ सय ५५ रुपैयाँ जफत गरिएको थियो। जबर्जस्ती करणीका १० वटा मुद्दा दर्ता गरेर अभियुक्तलाई नियन्त्रणमा लिइएको छ। यसैगरी लागुऔषध नियन्त्रणका पाँच वटा मुद्दा दर्ता गरिएको थियो।     

जिल्ला प्रहरी कार्यालयले अपराध दर घट्दो क्रममा रहेको निष्कर्ष निकालेको छ। वार्षिक विवरणको विश्लेषण गर्दा वर्षेनी अपराधको दर घटेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए।     

पछिल्लो समयमा प्रहरीले सचेतनाका क्रियाकलापमा जोड दिँदै जान थालेपछि अपराधको दर घटेको उनले बताए। “मान्छे जति नै जानकार बन्यो, उति नै अपराधमा संलग्न कम हुने गर्छ, उनले भने, “जनतासँग प्रत्यक्षरूपमा प्रहरी जोडिन थालेपछि अपराधका घटनामा न्यूनीकरण भएको देखिएको छ।” पहिले प्रहरी देख्ने बित्तिकै जनतामा त्रास सिर्जना हुन्थ्यो, अहिले प्रहरी देख्दा सुरक्षाको अनुभूति गर्न थालिएको छ।     

अपराध गर्दा दण्ड जरिवाना हुने स्पष्ट बुझेका छन्। उनले थपे, “जनता आफू पनि सचेत छन्, प्रहरीलाई पनि निरन्तर खबरदारी गरेर सतर्क बनाउन थालेका छन्। यो राम्रो पक्ष हो।”     

समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रहरी र जनताबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको निष्कर्ष निकालिएको छ। सामाजिक अपराधविरुद्धको अभियानअन्तर्गत लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुविवाहका विषयमा माध्यमिक विद्यालयस्तरमा पुगेर कार्यक्रम सञ्चालन गरिएको थियो।रासस

प्रकाशित: २७ भाद्र २०७६ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App