सिराहा । जिल्ला अदालत सिराहामा कार्यरत एक न्यायाधीशका सवारी चालकलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेकाे छ। बिहिबार दिउँसो सवारी चालक वृजमोहन यादवलाई एक लाख १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो।
घुससहित रंगेहात पक्राउ परेका यादव इजलास नम्बर ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक रहेको स्रोतले नागरिक न्यूजलाई बतायो। आयोगको कार्यालय बर्दिबासको टोलीले यादवलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद प्रसाद घिमिरेले जानकारी दिए। पक्राउ परेका यादवलाई अख्तियारको बर्दिवास कार्यालयमा राखेर थप अनुसन्धान गरिने उनले बताए।
प्रकाशित: २६ भाद्र २०७६ ०९:४५ बिहीबार