६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लोकन्थलीबाट लागुऔषधसहित दुई पक्राउ

मध्यपुरथिमि- मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट अवैध लागुऔषध र धारिलो हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।     

महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सवारीसाधन जाँचका क्रममा बा ७९ प २७४१ नम्बरको स्कुटरमा आएका दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा गोर्खाको सिरानचोक–२ स्थाई घर भई हाल भक्तपुरको बालकोट बस्ने २१ वर्षीय सुरथ थापा र २० वर्षीय कविराम पसखल रहेका छन्।

उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेटसहित धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ।रासस

प्रकाशित: २२ भाद्र २०७६ १२:५६ आइतबार

लागुऔषध पक्राउ