२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सर्वोच्चको आदेशपछि एमबीबीएस परीक्षा स्थगित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित भएको छ।

सर्वोच्च अदालतले परीक्षा स्थगित गर्न आदेश दिएपछि त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा शनिबारदेखि गर्ने भनिएको प्रवेश परीक्षाहरु स्थगन गरेको हो।

त्रिविले शुक्रबार साँझ अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्वनिर्धारित सम्पूर्ण विषयका प्रवेश परीक्षाहरु स्थगित गरेको जनाएको छ।

प्रकाशित: २० भाद्र २०७६ १६:०१ शुक्रबार

एमबीबीएस परीक्षा स्थगित