४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक नखुल्दा जिल्लामा नै थन्कियो स्याउ

मुगु– सडक सञ्चालनमा आउन नसक्दा जिल्लाका बिभिन्न क्षेत्रका कृषकहरुको बारीमा फलेको स्याउ समेत निर्यात गर्न समस्या भएको छ। स्याउ पुर्ण रुपमा परिपक्व भएर पनि कृषकहरुले टिपिसकेको भए पनि मोटर बाटो सञ्चालनमा आउन नसकेका कारण स्याउ निर्यातमा समस्या भएको कृषकहरुको भनाई रहेको छ।

यस बर्ष जिल्लामा स्याउको उत्पादन बृद्धि हुने भनेर जिल्ला कृषि ज्ञान केन्द्र जुम्ला सम्र्पक केन्द्र मुगुले अनुमान गरिरहेको भए पनि स्याउ बिक्री गर्न नपाउँदा कृषकहरुको आम्दानीमा कमी आउने निश्चित रहेको छ। अघिल्ला आर्थिक बर्षहरु भन्दा चालु आर्थिक बर्षमा स्याउको उत्पादन बढ्न सक्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र मुगुले गरिरहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७५ मा १५ मेट्रिक टन स्याउ उत्पादन भएको भए पनि जिल्लाबाट बाहिर भने ४ मेट्रिक टन मात्र निर्यात भएको थियो। यस बर्ष जिल्लामा ३५ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको निमित कार्यालय प्रमुख  नेपालीले बताए। स्याउ उत्पादनपछि अहिले व्यापारीहरु स्याउ बगैैँचामा स्याउ खरिद गर्नका लागि आएको भए पनि आफुले स्याउ नदिएको कृषक सर्जनदेवी रोकायाले बताइन। गाडी चलेको छैन्। बगैचामा झर्न लागेको स्याउ डोकोमा राखेर बजारमा बेच्न ल्याए पनि बजारमा अन्यत्रबाट पनि स्याउ आउने भएकाले बिक्रि नहुने रोकायाको भनाई छ।

यस बर्ष आफ्नो उत्पादन भएको स्याउ नेपालगञ्ज, सुर्खेतलगायतका ठाउँमा लिएर आफै बिक्री गर्ने लक्ष्य रहेको रोकायाको भनाई रहेको छ । कृषकहरुले उत्पादन गरे बराबरका सबै स्याउहरु स्टोर गर्ने ठाउँहरु नभएका कारण कृषकहरुले उत्पादन गरेको स्याउमा केही समस्या आउने हो की भन्ने कृषकहरुको भनाई रहेको छ। 

स्याउ टिपिसक्दा पनि मोटर बाटो सञ्चालनमा आउने छाटकाट नदेखिएपछि आफुहरुलाई बेफाईदा हुने हो की भन्ने चिन्ताले किसानहरु चिन्तित बनेका छन्। बगैंचामा स्याउ पाकि सके पनि बर्षाका कारण स्याउ कुहिएर खेर जाने हो कि भन्ने चिन्ता रहेको छायानाथ रारा नगरपालिका ५ का स्याउ कृषक हरिबहादुर रोकायाको भनाई छ। मौसम राम्रो हुँदा स्याउका चाना बनाउन सकिन्थ्यो तर मौसम पनि राम्रो छैन्, ताल्च विमानस्थल भएर नेपालगञ्ज जाने हवाई यात्रुले दुई चार केजी लैजान्छन अरु बगैंचामा झर्न थालेको छ रोकायाले भने। यो बेला जिल्लाका बाम, ताल्च, रोवा, सोभा, सोरुकोट, खमाले, सेरी, माँग्रीलगायतका क्षेत्रमा स्याउ पाकेर बगैचामा नै झर्न थालेको छ।

बगैंचामा पाकेर झर्न थाले पछि स्थानीय स्याउ कृषकले बजारमा बेच्न ल्याएको स्याउ ।
तस्वीर ः सुमन मल्ल, मुगु

प्रकाशित: १२ भाद्र २०७६ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App