१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने दुई जना पक्राउ

आफ्नै भाइ बनाएर नागरिकता दिलाउने बुद्धि बहादुर प्रजा (दायाँ) र प्रेम बहादुर चेपाङको नाममा नेपाली नागरिकता बनाउने अर्का ब्यक्ति । तस्बिर : सरिता/नागरिक

धादिङ– प्रहरीले झुटा विवरण पेश गरि नागरिकता लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङ का (साविकको जोगीमारा गाविस वडा नं ५) बुद्धि बहादुर प्रजा र अर्का एक जना झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले जानकारी दिए।

सुक देउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षिय छोरा बुद्धि बहादुर प्रजाले आफनो सहोदर भाइ बनाएर अर्कै ब्यक्तिलाई प्रेम बहादुर प्रजाको नाममा नागरिकता दिलाएको बैदवारले बताए। बुद्धि बहादुर संगै पक्राउ परेका अर्का ब्यक्तिको बास्तविक ठेगाना खुल्न सकेको छैन एसपी बैदवारले भने, ‘प्रारम्भिक अनुसन्धानमा भारतिय नागरिक भन्ने कुरा आएको छ, हामी अनुसन्धानमै छौं।’ 

पक्राउ परेकाहरुबाट नागरिकता र कागजात किर्ते सम्वन्धी मुद्धामा अनुसन्धान सुरु गरिएको र यस घटनासंग जोडिएका सवै पक्षहरुलाई अनुसन्धानको दायरामा ल्याइने प्रहरीले बताएको छ। 

नागरिकता बनाउनको लागि अनिवार्य रुपमा वडा कार्यलयबाट त्यही वडावासी भएको सिफारिस लिनुपर्ने हुन्छ। आफू नभएको बेलामा कर्मचारीले सिफारिस बनाइदिएको र सही गर्ने बेलामा शंका लागेर सोध्दा स्थानीयले समेत बुद्धि बहादुरको भाइ हो भन्ने बताइदिएपछि आफूले नागरिकताको सिफारिस दिएको बेनिघाट रोराङ १० का वडाअध्यक्ष अम्बर बहादुर गुरुङले बताए। 

झुटा विवरण दिएर नागरिकताको सिफारिस लिएको थाहा पाएलगत्तै गाउँपालिकालाई जानकारी गराएर जिल्ला प्रशासन कार्यलयमा आँफैले निवेदन दिएको वडा अध्यक्ष गुरुङले बताए। ‘सिफारिस दिने बेलामा नै शंका लागेर सोधपुछ गरिएको त थियो, स्थानीयले पनि हो भनिदिएपछि भाइ हो भन्ने लागेर सिफारिस पनि दिइयो’, उनले भने, ‘पछि वडा सदस्यलाई गाउँमा नै बुझ्न पठाउदा झुटा विवरण दिएको थाहा भयो।’

अनुसन्धान सकिएपछि बेनिघाट रोराङ १० का प्रेम बहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए। ‘वडा अध्यक्षलाई नै झुक्याएर नागरिकता लिएको निवेदन प्रशासनमा आएको थियो’, प्रजिअ पाण्डेले भने, ‘झुक्याएर नागरिकता लिनेहरुलाई पनि कानुन अनुसार कारवाही गरिन्छ।’ 

प्रकाशित: ४ भाद्र २०७६ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App