१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्यार्थीको लागि इन्टर्नशिप सम्झौता

काठमाडौं- काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्टले विभिन्न कम्पनीहरुसँग विद्यार्थीहरुका लागि रोजगारी तथा इन्टनशिप सम्बन्धि सम्झौता गरेको छ।

स्कुल अफ मेनेजमेन्टले ललितपुरमा एक बिशेष कार्यक्रम गर्दै विभिन्न ५२ कम्पनिहरुसँग सहकार्य सम्झौता गरेको हो।  स्कुल अफ मेनेजमेन्टले विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई  ब्यबस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउँदै आएको छ।

कलेजले सन् २०११ सालदेखि यो प्रकारको कार्यक्रम सुरु गरेको बताएको छ। कार्यक्रममा सहभागी कम्पनीहरुले विद्यार्थीहरुको अन्तवार्ता लिने र आफुले खोजेको जस्तो विद्यार्थीहरुलाई छनौट गरेका छन्।  पछिल्लो समय बैदेशिक रोजगारीमा जाने युवाहरुको सख्या बढ्दै गए पछि देशमा केहि गर्न सकिन्छ भन्ने बिषयलाई यसप्रकारको अवशरले गुणस्तरीय  युवा पलायन रोक्न सहयोग पुग्ने देखिन्छ।

कार्यक्रममा १ सय ७० विद्यार्थीहरुले सभागिता जनाएका छन्। कलेजको अध्ययन पछि  रोजगारीको चिन्ता नहुने र भविष्य पनि सुनिश्चित गर्न सकिने भएकोले यस्तो कार्यक्रममा विद्यार्थीहरुको सभागिता हरेक वर्ष बढ्दौ गएको देखिन्छ।

प्रकाशित: ३ भाद्र २०७६ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App