डाेल्पा- खुर्सानी टिप्न बारीमा गएकी एक महिलाकाे चिप्लिएर मृत्यु भएकाे छ।
त्रिपुरासुन्दरी नगरपालिका-६ की ३३ वर्षिया दशमी सार्कीकाे मृत्यु भएकाे हाे। उनी करेसाबारीकाे डिलबाट चिप्लदा लडेर १०० मिटर तल सडकमा खसेकी थिइन्।
त्रिपुरासुन्दरी नगरपालिका ६ खदाङग घर भएकी सार्कको बुधबार अपरान्ह आफ्नै करेसाबारीकाे डिलबाट चिप्लदा मृत्यु भएकाे स्थानीय माेतिप्रसाद उपाध्यायले जानकारी दिए।
प्रकाशित: २९ श्रावण २०७६ १०:४९ बुधबार