६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अबैध क्रसरसँगै अधुरै काम छाड्ने मन्त्री खत्री सधैं विवादित

सुर्खेत– कर्णाली प्रदेश सरकार गठन भएदेखि भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्दै आएका खड्क खत्री सुर्खेत क्षेत्र नम्वर–१ अन्र्तगत प्रदेशसभा ‘ख’बाट निर्वाचित सांसद हुन्। उनी सांसद हुँदै मन्त्री भएपनि ठेक्कापट्टाको काम छोडेका छैनन्।

ठेकेदार मन्त्री हुँदा विभागीय काम–कारवाहीमासमेत असर पर्दै आएको छ। उनी आफै फाइल बोकेर आफ्नो मन्त्रालय मातहतका कार्यालयमा सम्झौता गर्न जाने गरेको आरोप पनि लाग्दै आएको छ। खत्रीको स्वामित्वको केएसके कन्ट्रक्सनले ठेक्कामा लिएका पूर्वाधारहरु अलपत्र छन्। प्रदेश राजधानीभित्रैको देउतीबज्यै–अमृतडाँडा सडक, विमानस्थल हुँदै इन्जिनियरिङ क्याम्पस जोड्ने सडकलगायतका कामहरु अधुरै छन्। पूर्वाधारका नाममा उनले भेरी नदी किनारमा अबैद्य क्रसर उद्योग पनि सञ्चालन गर्दै आएका थिए।

प्रकाशित: २८ श्रावण २०७६ १५:३० मंगलबार

कर्णाली प्रदेश खड्क_खत्री पक्राउ_आदेश