१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वडाध्यक्षसहित तीन जना घुस लिँदालिँदै पक्राउ

धनुषा– महोत्तरीको भंगहा नगरपालिका–८ का वडाध्यक्षसहित तीन जना घुस लिँदा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष रफिक साफी, वडा सदस्य कारी साह र उनको छोरा मुकेश साहलाई घुससहित पक्राउ गरेका छन्। उनीहरुलाई आयोगको बर्दिबासमा रहेको टोलीले १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

जनकपुरको पीडारीचोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिइ रहेको अवस्थामा वडा सदस्य कारी साहको छोरा मुकेशलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी हरी घिमिरेले जनाए।

वडाध्यक्ष रफिक साफी र कारी साहलाई महोत्तरीको भंगहा नगरपालिका–८ घरबाट नै पक्राउ गरेको हो। सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष मो. रफिक आलमर वडा सदस्य कारी मिलेर समितिसँग घुस मागेका थिए। घुस लिन कारीले छोरोलाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन्।

पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ। घुस मागेका वडाध्यक्ष र वडासदस्यलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सूचना अधिकारी घिमिरेले बताए।

प्रकाशित: २८ श्रावण २०७६ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App