१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हरेक जिल्लामा सैनिक विद्यालय

काठमाडौं– नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ। नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो।

पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरूमा सैनिक स्कुलहरूको स्थापना गर्ने नीतिअनुरुप प्रक्रिया अगाडि बढेको जानकारी दिए। उनका अनुसार प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कुल निर्माण कार्य सम्पन्न भइसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए।

सेनाले आफ्ना हितकारीका सन्ततीहरूलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकून् भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा ‘इम्प्यानल स्कुल’को व्यवस्था गर्ने योजना रहेको बताए।

निर्देशनालयले कोषअन्तर्गत सञ्चालित विद्यालय महाविद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाइमा नवीनतम् प्रविधिको प्रयोग गरी सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टरलगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनेछ। साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा ‘ल्याङ्वेज ल्याब’ व्यवस्था गर्ने योजना पनि अघि सारेको छ।

निर्देशनालयले काठमाडौं उपत्यकाभित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वरी विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ।

बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरूलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ। त्यसै गरी शिक्षा तथा सीप र स्वरोजगारमूलक विभिन्न कार्यक्रमहरू पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ।

प्रकाशित: २४ श्रावण २०७६ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App