७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नियमविपरीत होटेल सञ्चालन गर्ने पक्राउ

पोखरा- नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  पृथ्वीचोकस्थित कोशी एण्ड रितिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
     
उनले होटेलमा बास बस्न आएका तीन भारतीय नागरिकको नियमानुसार अभिलेख राख्नुपर्नेमा नराखिएको हुँदा प्रहरीले उहाँलाई मगलबार पक्राउ गरिएको हो। तीनै जना लक्ष्मी परियारको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। लक्ष्मी परियारको साउन १ गते हत्या भएको थियो।
    
‘होटेल व्यवसायी तथा मदिरा बिक्री वितरण नियन्त्रण ऐन २०३३’ को दफा ५ को उपदफा १९ अन्तर्गत कसुर गरेको देखिएकाले आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि ममतालाई आज आन्तरिक राजस्व कार्यालय, पोखरा पठाइएको छ। रासस

प्रकाशित: २२ श्रावण २०७६ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App