२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

एमयूका विद्यार्थी आन्दोलित

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिटी जुलुस गर्दै विद्यार्थी। तस्बिरः नागरिक

वीरेन्द्रनगर– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)सहित संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिठ्ठी जुुलुस प्रदर्शन गरेका छन्। उनीहरू ११ बुँदे माग राख्दै एकसातादेखि आन्दोलित भएका छन्।

विश्वविद्यालयका रजिस्ट्रारलाई हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरूको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी संगठन र इन्जिनियरिङ संकायका विद्यार्थीसँग गरिएका सहमतिहरू तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका माग विद्यार्थीहरूले गरेका छन्।

उचित माग हुँदाहुँदै पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बेवास्ता गरेपछि विद्यार्थीहरू आन्दोलित हुनु परेको स्ववियुु सदस्य रोशन बस्नेतले बताए। विद्यार्थीहरूका माग अझै बेवास्ता गरे त्यसबाट आउने परिणाम विश्वविद्यालयले नै लिनुपर्ने स्ववियु सभापति झक्क शाहीले बताए। माग पूरा नहुँदासम्म आन्दोलन गरिरहने उनको भनाइ छ।

नियमविपरीत गरिने कार्यलाई विद्यार्थीहरूले हेरेर बस्न नसक्ने उनको भनाइ छ। त्यस्तै साउन २० गते केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा प्रवेश निषेध गर्ने, २१ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारीका सवारीसाधन अनिश्चितकालका लागि बन्द गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्यार्थी संघका नेता मोहन राणाले जनाए।

प्रकाशित: १९ श्रावण २०७६ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App