२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रतिस्प्रर्धाका आधारमा पदाधिकारी नियुक्त गर्न माग

काठमाडौं - राष्ट्रियसभाको बिहीबारको बैठकमा सत्तारुढ नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न माग गरेका छन्।  राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सात विश्विद्यालयमा पदाधिकारी नियुक्त गर्न बाँकी रहेकाले प्रतिस्प्रर्धाको आधारमा नियुक्त गर्न माग गरे।

उनले दलिय भागबण्डाका आधारमा नभई योग्यता क्षमता र खुला प्रतिस्प्रर्धाका आधारमा नियुक्त गर्न आग्रह गरे।  उनले भने, ‘रिक्त अवस्थामा रहेका ७ विश्वविद्यालयका पदाधिकारी योग्यता, क्षमता, प्रतिस्प्रर्धाको आधारमा उपकुलपतिदेखि विभागीय प्रमुखसँगको नियुक्ति गरियोस्,’ उनले भने, ‘सक्षम प्राध्यापक बिनास्तरीय अनुसन्धान हुन सक्दैन, त्यसैले विश्वविद्यालयको सुधारतर्फ ध्यान दिऊँ। ’

अहिले नेपालमा ११ विश्वविद्यालय रहेको र त्यसअन्तर्गत १४ सय ७ क्याम्पस रहेको भए पनि विश्वविद्यालयमा शिक्षाको गुणस्तर नभएका कारण बर्सेनि हजारौं विद्यार्थी बाहिर अध्ययनका लागि जाने गरेको उनले बताए। उनले भने ‘गत वर्ष मात्रै ७० हजारले विदेशी शिक्षा लिने अनुमतिपत्र लिएका छन्। ’ कांग्रेसका राधेश्याम अधिकारीले नेकपाका प्रमुख सचेतक भट्टराईको भनाईमा सहमति जनाएका थिए।  ‘त्यसमा कानुनी बन्धनको कुरा छ, त्यसबाहेक भागबण्डाको कुरा होइन प्रतिस्पर्धाका आधारमा होस्। ’ बजारमा तरकारीको मूल्य आकाशिएको उनले बताए।  ‘तरकारी किनिसक्नु छैन, यसलाई नियन्त्रण गरिएको छैन, तरकारी विगतभन्दा दोब्बर भएको छ,’ उनले भने।

कांग्रेसका जितेन्द्रनारायण देवले बाढीको विषयमा राज्यले ‘फेस्टिवल’को रूपमा मनाउने गरेको बताए।  साउन महिना आधा बाँकी छ, अझै पनि डुबानको सम्भावना बाँकी रहेको उनले बताए।  ‘बाढीबाट अहिले मरेका कुुकुर बिरालाहरु त्यतिबेला सिनो बनेर गन्हाउँछ, हैजा फैलिन्छ, फेरि त्यही गरिब मर्ने अवस्था आउँछ, यो अवस्थामा नेपाल सरकारले ध्यान दिने कि नदिने ?’ उनले प्रश्न गरे।  उनले सरकारको दीर्घकालीन योजना के छ भनेर प्रतिपक्षीलाई पनि सँगै राखेर छलफल गरेर नीति बनाउन आग्रह गरे।

राजपाका रमेशप्रसाद यादवले तराईमा आएको बढीबाट भएको जनधनका बारेमा संघीय सरकारको तर्फबाट एक शब्द पनि राहतका लागि केही आवाज नसुनिएको उनले बताए।  प्रदेश सरकारले अलिअलि गरे पनि पनि बाढीपीडित परिवारलाई संघीय सरकारबाट केही घोषणा गर्न उनले माग गरे।

प्रकाशित: १७ श्रावण २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App