१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

साढे १३ लाख चोरेको आरोपमा एक जना पक्राउ

नगदसहित पक्राउ परेका कामत। तस्बिर /नागरिक

विराटनगर– साढे १३ लाख रुपैयाँ चाेरेको आरोपमा मोरङ कटहरी—१ का सुरज कामत पक्राउ परेका छन्। साउन ७ गते विराटनगर—१का मोतिराज दाहालको घरबाट १३ लाख ५० हजार रुपैयाँ नगद चोरेको आरोपमा आइतबार कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

विराटनगरबाट पक्राउ परेका कामतको साथबाट ३ लाख ८१ हजार रुपैयाँ नगद र १ लाख ५ हजार रुपैयाँ मूल्य पर्ने स्यामसुङ कम्पनीको मोवाइल सेट बरामद भएको छ। चोरी गरेकै पैसाबाट मोवाइल सेट खरिद गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको  प्रहरीले जनाएको छ।

पक्राउ परेका कामतको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउंजुले जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०७६ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App