६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

केसिसी एक्जिबिट सुरु

काठमाडौं – सूचना–प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुईवटा गेमस्टलसहितको केसिसी एक्जिबिट २०१९ सुरु भएको छ। निपुण विचार, दीगो उपाय मूल नारा रहेको सो प्रदर्शनी युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले समुद्घाटन गरेका थिए।

केसिसी एक्जिबिट २०१९ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुनारले कान्तिपुर सिटी कलेजको यो कार्यक्रमले युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पु¥याएको बताए। प्राध्यापक रामकृष्ण रेग्मीले यस प्रदर्शनीले दीगो विकास लक्ष्यतर्फ नेपालको पाइलालाई सहयोग गर्ने सानो प्रयास भएको बताए।

एक्जिबिटमा कम्प्युटर सिस्टमतर्फ रेस्टुरेन्ट मेनेजमेन्ट क्युआर कोड सिस्टम, रेटेल मेनेजमेन्ट र गेमसम्बन्धी प्रदर्शनी रहेको छ। त्यस्तै इन्जिनियरिङतर्फ पहाडका सडकमा दुर्घटना कम गर्न रोड प्रोब्लम एलिभेटिङ मेडेल, पहाडमा पानीको समस्या समाधान गर्न रेन वाटर हार्वेस्टिङ सिस्टम, अग्ला घर निर्माणका लागि स्काई स्क्रापर सिस्टम र काठमाडौंको ट्राफिक व्यवस्थापन सिस्टमसम्बन्धी परियोजनाका डिजाइनहरू रहेका छन्। इलेक्ट्रोनिकतर्फ होम अटोमेसन सिस्टम, अटो कार्ड सिस्टम, लाइन फ्लोइङ कार्ड सिस्टम र भिजिटर काउन्टर सिस्टमसम्बन्धी अनुसन्धान गरी तयार गरेको प्रविधिको प्रदर्शनी रहेको छ। त्यस्तै बिबिए पढ्ने विद्यार्थीहरूको सञ्चालन गरेको फुड–स्टल पनि एक्जिबिटको आकर्षण रहेको एक्जिबिट कोर्डिनेटर कुशल निरौलाले बताए।

प्रकाशित: १२ श्रावण २०७६ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App