१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीबाट चार हजार घरमा क्षति

महाेत्तरी– बाढीबाट महोत्तरीमा चार हजार पाँच सय ७१ घरमा पूर्ण क्षति भएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९ सय ६३ घरमा आंशिक तथा पाँच हजार अाठ सय ४७ घरमा सामान्य क्षति पुगेको छ।

जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ। पाँच  करोड रूपैयाँ बराबरको धानखेती, कुखुरा र कुखुराजन्य उत्पादन,  केरा, तरकारी, कुलो, इनार र च्याउखेती क्षति भएको छ। पन्ध्र हजार हेक्टरमा लगाइएको धानखेती डुबानमा परेको छ। 

बाढीले मटिहानी, जलेश्वर, बलवा, लोहारपटी, भङ्गहा नगरपालिका, एकडारा, महोत्तरी र पिपरा गाउँपालिकामा सबैभन्दा बढी क्षति पु-याएको छ। बाढी र डुबानबाट माछापोखरीमा पूर्णरुपमा क्षति पुगेको छ भने कुखुरा र कुखुराजन्य उत्पादन, केराखेती र तरकारीखेतीमा नोक्सानी बेहोर्नुपरेको छ। बाढीबाट झण्डै पाँच हजार किसान प्रभावित भएका छन्। उनीहरुले ऋण मिनाहा, निःशुल्क बीउ, माछापोखरी निर्माणलगायतमा राहतका लागि सरकारसँग माग गरेका छन्।

रातो, मरहा, विग्ही र जङ्घा नदीमा आएको बाढीले बलवा नगरपालिकाको लेऊरी, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र लोहारपट्टी नगरपालिकाका झण्डै ४० गाउँ डुबानमा परेका छन्। यसबाट करिब दुई लाख बासिन्दा प्रभावित भएका छन्। बाढीबाट प्रभावितलाई राहत वितरण गरिँदै आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। रासस

प्रकाशित: ११ श्रावण २०७६ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App