१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल र जर्जिया चेम्बरबीच द्विपक्षीय समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्शबीच व्यापार विस्तार तथा लगानी प्रवर्द्धनका विषयमा द्विपक्षीय समझदारी भएको छ।

जर्जियाको विदेशमन्त्री एलेक्सन्डर ख्भटीसियस्भिलीको उपस्थितिमा सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गियोर्गी पेरटियाबीच द्धिपक्षीय व्यापार विस्तार र लगानी प्रवर्द्धनका विषयमा समझदारी गरिएको हो। दुई देशका उद्यमी व्यवसायी बीचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यवसायिक अवसरहरुले संंभावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ। 

त्यसैगरी दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिकसम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रदर्शनीमा सहभागि हुने पनि सो समझदारी पत्रमा समावेश गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए। उनले आवश्यक ऐन, कानुनको व्यवस्था भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न पनि जर्जियाका उद्योगीहरुलाई आग्रह गरेका थिए।

प्रकाशित: ६ श्रावण २०७६ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App