२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

विपन्न विद्यार्थीलाई झोला

विद्यार्थीलाई झोला वितरण गरिँदै। तस्बिरः नगारिक

भैरहवा– नेपाल टेलिकम वर्क्स युनियनले विद्यार्थीहरूलाई झोला वितरण गरेको छ। युनियनको क्षेत्रीय कार्यालय भैरहवाले २८ औं वार्षिकोत्सवको अवसर पारेर सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो।

निम्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने पडसरी आधारभूत विद्यालय ओमसतियामा अध्ययनरत ६५ जना विद्यार्थीलाई वार्षिकोत्सवको अवसरमा झोला वितरण गरिएको हो। सामुदायिक विद्यालयका विद्यार्थीले झोला अभावमा कापीकिताब बोक्न समस्या भएकाले थोरै भए पनि सहयोग होस् भन्ने ध्येयका साथ सामग्री वितरण गरिएको युनियनका क्षेत्रीय सचिव शिव शर्माले बताए।

प्रकाशित: ६ श्रावण २०७६ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App