१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

मधेस डुबानको एउटै कारण ‘चुरे दोहन’

फाइल फोटाे

सिरहा– ‘हेलिकप्टरबाट हेर्दा चुरे क्षेत्रको खोला सुख्खा छ। मधेसमा बाढी उफानमा छ। बाढी प्रभावित प्रदेश २ का जिल्लाहरुको हवाई अवलोकपछि बुधबार जनकपुरमा उप प्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष कौतुहलता व्यक्त गरे। ‘जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अध्याधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नु’ यसको कारण हो कमलानदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहर कुमार साहले कौतुहलता मेट्ने प्रयास गरे। उनले थप प्रष्ट्याए,‘ चुरेतर्फ सुख्खा तथा मधेसमा डुबानको मूल कारण चुरेको अनियन्त्रित दोहन हो।’

मधेसमा बाढी विनासको मूल कारण मधेस नभई चुरे पहाड भएको प्रष्ट भएपछि पछिल्लो समय मधेस केन्द्रित दलका नेताहरु चुरे दोहन नियन्त्रणको मुद्दालाई जोडतोडले उचाल्न थालेका छन्। मधेस भइ बग्ने नदीहरु दिनदिनै विनासकारी बन्दै जानुको कारण मूलमा (चुरे) भएको र भइरहेको अत्याधिक दोहन हो साहले उपप्रधानमन्त्री यादवसँग, ‘अत्याधिक एवं अनियन्त्रित दोहनका कारण चुरेले पानी सोस्ने क्षमता गुमाउँदै गएको छ। उनले थप प्रष्ट्याए, ‘जसका कारण वर्षाको पानी छिट्टै चुरेबाट गेग्रान बोकेर नदी हुँदै मधेसमा प्रवेश गर्छ र यहाँको गाउँबस्ती डुबाउँछ।’

नदीको माथिबाट तिव्र गतिमा गेग्रान बोकेको नदीको पानी नदीको तल (मधेसको समथर क्षेत्र) आउँदा गेग्रान बिसाउँदै अघि बढ्छ जसले नदीको तटबन्धमा धक्का दिएर भत्काउँछ। र, गाउँबस्ती पसेर डुबाउँछ। साहले उपप्रधानमन्त्री नेतृत्वको मन्त्रीसहितको टोलीसमक्ष फेंदमा भन्दा मूलमा (चुरे) उपचार गर्न आग्रह गरेका थिए।

प्रमुख इन्जिनियर साहले मधेसका नदीहरुमा नदीजन्य पदार्थको अवैज्ञानिक उत्खननले तटबन्ध एवं भौतिक संरचना कमजोर भई जोखिममा परेको टोलीसमक्ष बताए। कमलानदी नियन्त्रण आयोजनका सर्भिस सडक सार्वजनकि सडकको रुपमा भारी भार वहन क्षमताको सवारी साधन गुड्नाले पनि जोखिम बढाएको उनले बताए। प्राविधिक र विज्ञहरुको विफ्रिङ सुनेपछि मन्त्री यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण नै रहेको बताए। उनले चुरेलाई बचाउन र त्यसलाई छेडखानी गर्ने क्रम रोक्नुपर्ने धारण राखेका थिए। गृहमन्त्री रामबहादुर थापा बादलले पनि प्रदेश २ मा बाढीले वितन्डा मचाउनुको कारण चुरे विनाश नै प्रमुख भएको बताएका छन्।

कमला नदी नियन्त्रण आयोजना जनकपुरले करिब अढाई करोड लागतमा सिरहातर्फ ३४.६५ किलोमिटर र धनुषातर्फ ३३.६ किलोमिटर गरि कूल ६८.२ किलोमिटर तटबन्ध तथा ‘एन्टी फ्लड स्वीलिस’ निर्माण हुँदैछ। नेपाल र भारत सरकारको संयुतm लगानीमा निर्माण भईरहेको यो आयोजना ०६४/०६५ देखि सञ्चालनमा छ । असार मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्ने यो योजनालाई एक वर्ष अझ समय थप गरिएको साहले बताए।

यो स्वीलिस निर्माणको उदेश्य कमला नदीको शाखा खोलाहरुको पानीलाई सुरक्षित रुपमा कमलामा ल्याउनु हो। तर, स्वीलिसमा लगाउनुपर्ने गेट समय अभावका कारण लगाउन नसक्दा यसैभएर कमलाको पानी गाउँबस्ती पसेर क्षती गरेको साहले बताए। समय अभावका कारण ठेक्केदारले स्वीलिसमा गेट लगाउन नसकेको उनको जिकिर छ।

प्रकाशित: ६ श्रावण २०७६ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App