७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

घुस लिएको अभियोगमा पक्राउ

काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवलाई पक्राउ गरेको छ।

सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न भएको प्रतिवेदन तयार पार्ने क्रममा यादवले घुस मागेको आयोगको आरोप छ।

आयोगको बर्दिवासबाट गएको टोलीले मलङ्गवा नगरपालिका– १० अशोका होटलबाट घुससहित यादवलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएकाे छ।रासस

प्रकाशित: ३ श्रावण २०७६ १५:२२ शुक्रबार

अख्तियार पक्राउ