२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उल्लेख्य नतिजा दिँदै ताप्लेजुङ अदालत

ताप्लेजुङ–पछिल्ला चार वर्षमध्ये जिल्ला अदालत ताप्लेजुङका लागि चालु आर्थिक वर्ष २०७५/२०७६ मुद्दा फछ्र्यौटका हिसाबले सबैभन्दा लाभदायक देखिएको छ।

अदालतले बुधबार पत्रकार भेटघाट कार्यक्रममार्फत पछिल्ला चार वर्षको मुद्दा फछ्र्यौटको तुलनात्मक विवरणबारे जानकारी दिएको हो। अदालतका श्रेष्तेदार केदारप्रसाद गौतमका अनुसार चालु आवको साता दिनको अवधि बाँकी छँदै ८४.१ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन्। यो पछिल्ला चार वर्षको तुलनामा औसतमाा करिब १५ प्रतिशतभन्दा बढी हो।

गौतमका अनुसार चालु आवमा अघिल्लो आवबाट जिम्मेवारीसरी आएका र नयाँ दर्ता भएका गरी कुल ४ सय ८४ थान मुद्दामध्ये ४ सय ७ थान मुद्दा फछ्र्यौट भइसकेका छन्। बाँकी ७७ थान मुद्दामध्ये पनि १ वर्ष अवधि नाघेको एक थान मुद्दाको पनि असार ३१ गतेका लागि पेशी तोकिएको छ। बाँकी ७६ थान मुद्दा भने १ वर्षभित्रका छन्। अदालतमा अहिले १ वर्षदेखि १८ महिनाभित्रका मुद्दा पनि छैनन्। अदालतले २ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने लक्ष्य लिएर कार्य सम्पादन गरिरहे पनि ताप्लेजुङ अदालतलाई भने १ वर्षदेखि १८ महिनाभित्रकै मुद्दा शून्यमा झार्न सफलता मिलेको छ।

श्रेष्तेदार गौतमका अनुसार आव २०७४/२०७५ मा ८०.५ प्रतिशत, २०७३/२०७४ मा ६७.६० प्रतिशत र २०७२/२०७३ मा ७२.४० प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए। पछिल्ला ४ वर्षयता अदालतले फछ्र्यौट लक्ष्य भने कुल मुद्दा संख्याको ७० प्रतिशत राखेको थियो। आव २०७२/२०७३ मा ५ सय ७२ थान मुद्दामध्ये ४ सय १४ मुद्दा फछ्र्यौट भई १ सय ५८ थान पछिल्लो आवका लागि जिम्मेवारी सरी आएका थिए। २०७३/२०७४ मा ४ सय ६० थानमध्ये ३ सय ११ थान फछ्र्यौट भई १ सय ४९ थान मुद्दा आव २०७४/०७५ का लागि जिम्मेवारीसरी आउँदा आव २०७४/०७५ मा भने ४ सय थान मुद्दामध्ये ३ सय २२ थान मुद्दा फछ्र्यौट भई ७८ थान मुद्दा चालु आवका लागि जिम्मेवारीसरी आएका थिए। आव २०७४/२०७५ यताको अवधिमा अदालतको मुख्य जिम्मेवारी जिल्ला न्यायाधीश कृपासुर कार्कीले सम्हाले यता अदालतले मुद्दाको फछ्र्यौटमा उल्लेख्य सुधार आएको देखिएको छ। उनी नेतृत्वको अदालतका कर्मचारी टोलीले दुवै आर्थिक वर्षमा लक्ष्यभन्दा कम्तीमा साढे १० देखि बढीमा करिब १५ प्रतिशतसम्म बढी सफलता पाएको देखिएको छ। श्रेष्तेदार गौतमका अनुसार चालु आवमा अदालतमा मुद्दागत रुपमा गरेका फछ्र्यौटको कुल नतिजा भने नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन मात्र आउने जानकारी दिए।

प्रकाशित: २६ असार २०७६ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App