२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बाँकेमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सहभागी महिला स्वास्थ्य स्वयंसेविका। तस्बिरः नागरिक

नेपालगन्ज – डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान बाँकेमा सुरु गरिएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ र ४ लाई लक्षित गरेर उक्त अभियान सुरु गरिएको हो।

अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेका लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणलाई सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए।

डेंगु रोग नियन्त्रण गर्न सम्भव भए पनि निर्मूल पार्न भने नसकिने उनको भनाइ छ। लार्भा नष्ट गर्ने अभियानमा दुईवटा वडाका ३३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने स्वास्थ्य शाखाकी लक्ष्मी केसीले बताइन्। महिला स्वास्थ्य स्वयंसेविकालाई दुई दिनसम्म अभिमुखीकरण गरेर फिल्डमा खटाइने उनले जानकारी दिइन्।

अभियानको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेंगु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएको बताइन्। रोग लाग्नबाट रोक्नमा महिला स्वास्थ्य स्वयंसेविकाको एकदमै ठूलो भूमिका हुने ठोकुवा गरिन्।

 

प्रकाशित: २५ असार २०७६ ०८:०३ बुधबार

डेंगु लामखुट्टे नष्ट अभियान