२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एसइई पूरक परीक्षा : बाेर्डले सार्वजनिक गर्‍यो संशोधित नयाँ परीक्षा मिति

काठमाडौं - चार दिन अघि राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई पूरक परीक्षाको मितिमा फेरबदल गरेको छ।बोर्डले परीक्षाको मिति संशोधन गर्दे नयाँ तालिका सार्वजनिक गरेको हो। यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले सूचना जारी गरेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। 

बार्डका अनुसार सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेकानियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने छन् ।
त्यस्तै २ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

संशोधित नयाँ परीक्षा मिति
भदौ १ गते : अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा
भदौ २ गते : गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको परीक्षा
भदौ ३ गते : अनिवार्य गणित
भदौ ४ गते : अनिवार्य विज्ञान विषयको परीक्षा
भदौ ५ गते : प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ्ग, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा
भदौ ६ गते : अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषाको परीक्षा
भदौ ६ गते : नै प्राविधिकतर्फ अक्वाकल्चर एण्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एण्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे
भदौ ७ गते : म्युजिक अफ नेपालको परीक्षा साथै यसै दिन ऐच्छिक प्रथमका सबै विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा
भदौ ८ गते : गतेदेखि ११ गतेसम्म प्राविधिकतर्फका अन्य विषयहरुको परीक्षा

 

 

प्रकाशित: २२ असार २०७६ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App