१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यार्थी र यातायात व्यवसायीबीच सहमति

रसुवा - यातायात व्यवसायी कम्पनीले कानुनविपरीत सञ्चालित थोत्रा, पुराना र मापदण्डविपरीतका सार्वजनिक यातायातका सवारीसाधन तत्काल हटाउने भएको छ। यस्ता सवारीसाधनले दुर्घटना बढाएको भन्दै जिल्लास्थित विद्यार्थी संगठनहरूले आन्दोलनको कार्यक्रम अघि बढाएपछि दुई पक्षबीच शुक्रबार भएको छलफलमा पाँच बुँदे सहमति भएको होे।

छलफलबाट पासाङ ल्हामु मार्गको रसुवाखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन व्यवसायी र तीनओटा विद्यार्थी संगठनबीच सो सहमति भएको छ। सार्वजनिक यातायातका सवारीसाधनमा नेपाल सरकारको प्रचलित नियमअनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई दिइने छुट र सहुलियतलाई पूर्ण कार्यान्वयन गरिने भएको छ। सहमतिअनुसार छुट सहुलियतका लागि सम्बन्धित व्यक्तिले छोटो दुरीमा कार्ड र लामो दुरीमा परिचयपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ। सार्वजनिक सवारीसाधनले अतिरिक्त सेवाको रूपमा सेवाशुल्क लिँदै आए पनि सेवा दिने गरेका छैनन्। यसको समाधानका लागि १५ दिनको समयसीमा तोकिएको छ।

व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधाबापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसीलगायत सामग्रीको व्यवस्था गर्ने तथा बिग्रिएको भए मर्मत गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘यस क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातले दिने सेवामा जनगुनासो आएपछि हामीले छलफल गरेका हौं,’ उनले भने, यसको कार्यान्वयन पक्षलाई समेत हामीले प्राथमिकता दिएका छौं।’ यही असार २८ गते बस्ने बैठकले टाइम कार्ड, अतिरिक्त सुविधा र यातायात विभागबाट निर्धारित भाडादर बमोजिम आन्तरिक भाडादर पुनरावलोकन गर्ने सहमति भएको अनेरास्ववियु (क्रान्तिकारी) रसुवाका अध्यक्ष अर्जुन पौडेलले बताए। यसअघि जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात कम्पनीलाई ज्ञापनपत्र बुझाउने काम भएको भन्दै नेपाल विद्यार्थी संघ रसुवाका कोषाध्यक्ष सन्दीप पौडेलले असार २८ गतेसम्म थप कार्यक्रम नगरिने बताए।

प्रकाशित: २२ असार २०७६ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App